News Griha :: न्यूजगृह
प्रदर्शनी र मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन जाँदै

काठमाडौं— उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार चीन भ्रमणमा प्रस्थान गर्दै छन् ।

सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७ औँ चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी चीन प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदै छ । उपराष्ट्रपति यादव सोमबार अपराह्न १६ः२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्ने कार्य तालिका रहेको छ ।

भ्रमण दलमा उपराष्ट्रपतिका धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक सिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र  सहसेनानी भीमसेन देवकोटा सहभागी छन् ।

उपराष्ट्रपति भदौ ४ गते स्वदेश फर्किने उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:५८
Weather Update