नौ किलो सुन प्रकरणमा मुछिएका पूर्वसभामुखका छोराले भने: कोहीसँग सम्पर्क हुँदैमा आपराधि भन्नु गलत

काठमाडौं— चीनबाट आएको नौ किलो सुन प्रकरणमा नाम मुछिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोराले आपत्ति जनाएका छन् ।
महराका छोरा राहुलले पुष्टि नभएको विषयमा आरोप लगाएर चरित्र हत्या गर्ने काम भएको बताउँदै खण्डन गरेका हुन् । सञ्चार माध्याममा आइरहेका आरोपप्रति आपत्ति जनाउँदै पुष्टि नभएको बताएका उनले आफ्नो राजनीतिक जीवन सिध्याउन खोजेको बताए ।
‘हामीले यसअघि नै स्पष्ट पारिसकेका छौँ कि, कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो,’ उनले भने । राज्यले अनुसन्धान गरे आफूहरूले पूर्ण सहयोग गर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १३:३५













