एमाले सांसद रायमाझी निलम्बितबारे सदनलाई जानकारी दिइने

काठमाडौं— प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले सांसद टोपबहादुर रायमाझी निलम्बितबारे सदनलाई जानकारी दिने भएको छ ।
यसअघि भुटानी शरणार्थी प्रकणरमा जेलमा रहेका रायमाझी निलम्बित भएको सदनलाई जानकारी गराएको थिएन ।
सोमबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद रायमाझी निलम्बित भएको जानकारी गराउने भएका हुन् । उनले प्रतिनिधि सभा नियमावलीअनुसार रायमाझी निलम्बित भएको जानकारी गराउने भएका हुन् ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १२:५६