News Griha :: न्यूजगृह
बरामद एक क्विन्टल सुन पगाल्न सुरु

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन पगालेर जोख्न सुरु भएको छ ।

विभागले बरामद गरेको सुनको परिमाण यकिन गर्न पगाल्ने प्रक्रिया सुरू गर्न लागेको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजदेखि सुन पगालेर जोख्न सुरु गरिएको जानकारी दिए ।

sun baramad 11692002123.jpg
 
‘आजबाट सुन जोख्न सुरु हुन्छ, सुरुमा आज हामीले एउटा ‘ब्रेक शु’ खोलेर हामीले डेमो देखाउने छौँ, त्यसपछि सुन जोख्ने काम सुरु हुने छ,’ उनले भने, ‘हामीले एउटा ब्रेक शुमा कति सुन छ भनेर डेमो देखाउने छौँ, त्यसपछि सुन जोख्ने काम हुनेछ ।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:००
Weather Update