ललिता निवासबारे बोल्दै माधव नेपालले भने : म भाग्ने मान्छे होइन्

काठमाडौं— सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् । युरोप भ्रमणमा गएका अध्यक्ष नेपाल सोमबार बिहान स्वदेश फर्किएका हुन् ।
सर्वोच्च अदालतबाट ललिता निवासको छानबिन गर्न आदेश आएको भोलिपल्टै अध्यक्ष नेपाल टर्किस एअरलाइन्सनबाट युरोप भ्रमणमा गएका थिए ।
‘म जानुभन्दा एक दिनपहिले सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ, त्यो निर्णणभित्र ललिता निवासबारे छानबिन प्रक्रिया अगाडि बढाउनु भनेको रहेछ,’ उनले भने, ‘कसैकसैले त माधव नेपाल भाग्यो भने पनि, म भाग्ने मान्छे होइन् ।’
उनले आफू राजाले गिरफ्तार गर्न खोज्दा नभागेको भन्दै ललिता निवास प्रकरणमा कुनै अनैतिक काम नगरेकाले भाग्न काम नहुने बताए ।
उनले आफू सबै कार्यक्रममा सहभागी भएर फर्किने सोच भए पनि अनावश्यक टीकाटिप्पणी भएपछि कार्यक्रम छोट्याएर फर्किएको बताए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० ११:१४













