News Griha :: न्यूजगृह
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिँदै जनमतकी अनितादेवी

काठमाडौं— जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिँदैछिन् ।

आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिए ।

उनले भने,‘हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ । आज बिहान १० बजे राष्ट्रपति भवनमा सपथका लागि खबर आएको छ ।’

जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधि सभाको सांसद हुन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:१८
Weather Update