महाकालीमा जलसतह बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं— महाकाली नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जलसतह बढेको जनाएको छ ।
लगातारको वर्षापछि नदीमा पानीको बहाब बढेर एक लाख क्युसेक नाघेको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान ८ बजे जलसतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० ०८:५१













