बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा चाइल्ड केयरका सञ्चालक पक्राउ

काठमाडौं— बालिकालाई यौन दुर्व्यवहार र कुटपिट गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ परेका हुन् ।
बुङमतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त चाइल्ड केयर सेन्टरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई बुढाले यौन दुर्व्यवहार गरेका थिए । बालिकाले आफूले भनेअनुसार नगर्दा कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट सात दिनको समय लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १५:१२