News Griha :: न्यूजगृह
एक साताका लागि उपराष्ट्रपति चीन प्रस्थान   

काठमाडौं— उपराष्ट्रपति रामसहायप्रसाद यादव एक साता लामो भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

चीनको कुनमिङ्गमा साउन ३१ देखि भदौ ३ गतेसम्म सञ्चालन हुने सातौँ चीन दक्षिण एशिया प्रदर्शनी र २७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेलामा सहभागी हुन उनी सोमबार अपरान्ह चीन प्रस्थान गरेका हुन् ।

उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीसहितको टोली चीन गएको छ । 

उनलाई प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायतले विमानस्थलबाट बिदाइ गरेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:०४
Weather Update