विमानस्थलबाट बरामद सुनको तौल ६० किलो ७८९ ग्राम मात्रै

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ‘ब्रेक शु’भित्रको सुन निकालेर जोखिएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जोखेको सुनको तौल ६० केजी ७८९ ग्राम रहेको छ ।
महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो । सुनलाई गालेर जोख्न बाँकी रहेको उनको भनाइ थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट निकालिएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १८:१७