News Griha :: न्यूजगृह
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं— अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँट भएको छ ।

गोलाप्रथामार्फत १ लाख ९५ हजार ३२७ जनाले शेयर पाएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाएका हुन् ।

उक्त आईपीओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकोमा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन बाँडफाँटका लागि योग्य रहेको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:३२
Weather Update