शिक्षा ऐनले सबैलाई समेट्नुपर्छ : देवेन्द्र पौडेल

काठमाडौं— नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले ल्याउन लागेको शिक्षा ऐनले सबैलाई समेट्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले सरकारले सरोकारवालाको विषय गम्भीरतापूर्वक सुन्नुपर्ने बताए ।
उनले भने,‘विधेयक औपचारिक रूपमा हामीले प्राप्त गरेका छैनौं । तर,विधेयकका मस्यौदा हेर्यौं । नेपालमा अगाडि पट्टी छाप लगाएको र भित्र पनि कतिपय कुरा घुसाउने परिपाटी छ । एउटा पानो घुसाएर स्वार्थ हाल्ने कुरा, यस प्रकारका प्रचलन दृश्य र अदृश्य रूपमा हुने गरेको छ ।’
उनले आफूले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शिक्षा विधेयक बारेमा सरोकारवालासँग छलफल गर्न सुझाएको स्मरण गराए ।
उनले गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री ऐन आउनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १८:१२













