News Griha :: न्यूजगृह
तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

ढोरपाटन— तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।

बिहीबार राति बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो । शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सञ्चालन हुन सकेको थिएन ।

आइतबार बिहानैदेखि बाग्लुङ नगरपालिकाको मेशिन प्रयोग गरी कोरिडोर खुलाइएको बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । कोरिडोरसँगै बाग्लुङ–कुश्मिसेरा सडक पनि तीन दिनदेखि नै अवरुद्ध भएको थियो । 

पहिरोले सडक क्षतविक्षत बनाएकाले बाग्लुङ जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको थियो । सडक अवरुद्ध भएसँगै बलेवा, कुश्मिसेरा र बरेङ क्षेत्रका हजारौँ नागरिक प्रभावित भएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:१८
Weather Update