News Griha :: न्यूजगृह
बाबुछोरा बाढीमा बेपत्ता, छोराको शव भेटियो
सांकेतिक तस्बिर

दोलखा— अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बेपत्ता भएका दोलखाको विगु गाउँपालिका–७ राखामका पासाङ शेर्पाको शव फेला परेको छ ।

बाबुछोरा बेपत्ता हुँदा १२ वर्षीय छोरा पासाङको शव फेला परेको हो । ३५ वर्षीय निमदोर्जे अझै फेला पार्न नसकिएको  जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले जानकारी दिए ।

आइतबार दिउँसो १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरालाई अम्बाटोल मुलखोलाले बगाएको थियो ।

प्रहरी निरीक्षक सिग्देलका अनुसार बाबु निमदोर्जे नभेटिए पनि छोरा पासाङको शव आइतबार साँझ नै भेटिएको हो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:२९
Weather Update