महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११:४५ मा शनिबार, भदौ ९, २०८०

ला लिगा : बेलिङह्यामको निर्णायक गोलमा रियल विजयी शनिबार, भदौ ९, २०८० शुक्रबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई १–० गोलले हराएको हो । खेलको ८१ औँ मिनेटमा बेलिङह्यामले जोसेलुको पासमा गरेको गोल खेलमा निर्णायक बनेको थियो । पछिल्ला तीन खेलमा उनको यो चौथो गोल पनि हो ।

पारसले गरे बाग्मती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा शुक्रबार, भदौ ८, २०८० राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को बाग्मती प्रादेशिक संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल मलेसियासँग ६ विकेटले पराजित शुक्रबार, भदौ ८, २०८० चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत एसिया क्षेत्र छनोटअघिको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

महिला टी-२० सिरिज : नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य शुक्रबार, भदौ ८, २०८० वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनाएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि पहिलो ब्याटिङ गरेको थियो ।

आफ्नै देश भारतविरुद्ध नेपाललाई खेलाउँदै मोन्टी शुक्रबार, भदौ ८, २०८० प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १७ सदस्यीय टोली घोषणा गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा मोन्टी देसाई प्रमुख प्रशिक्षक छन् । नेपाली टोलीका प्रमुख प्रशिक्षक देसाई भारतीय नागरिक हुन् । उनी २०७९ माघ तेस्रो साता नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका हुन् ।

महिला टी–२० आई सिरिज : नेपाल मलेसियासँग खेल्दै शुक्रबार, भदौ ८, २०८० मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० आई सिरिजमा नेपालले शुक्रबार घरेलु टोलीसँग खेल्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

इन्टर मायमी यूएस ओपन कपको फाइनलमा बिहीबार, भदौ ७, २०८० इन्टर मायमी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ ।

नेपालको लगातार दोस्रो जित बुधबार, भदौ ६, २०८० नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र बनाउन सक्यो। कुवेतलाई कम स्कोरमा रोक्न इन्दु बर्मा एक्लैले ३ विकेट लिइन्न । इन्दुले ४ ओभरमा १५ रन खर्चिइन्। खुसी डङ्गोलले दुई विकेट झारिन् । राष्ट्रिय टोलीमा डेब्यु गरेकी लेग स्पिनर खुसीले डेब्यु...

महिला टी–२० सिरिज : नेपाल बुधबार कुवेतसँग भिड्दै बुधबार, भदौ ६, २०८० मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले बुधबार कुवेतसँग खेल्दैछ ।

आईएसएफ यू—१५ जिम्न्यासाइडमा कार्कीले जिते स्वर्ण बुधबार, भदौ ६, २०८० नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।

१९औं एसियाली खेलकुद : रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा बुधबार, भदौ ६, २०८० चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स पनि रहेका छन् ।

अन्तिम ९ मिनेटमा ३ गोल गर्दै नासरले अहलीलाई गर्यो पराजित बुधबार, भदौ ६, २०८० साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४—२ ले पराजित गरेको छ ।