महिला टी–२० सिरिज : नेपाल बुधबार कुवेतसँग भिड्दै

काठमाडौं— मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले बुधबार कुवेतसँग खेल्दैछ ।
२ देशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले ४ देश सम्मिलित सिरिज खेलिरहेको छ ।
सिरिजको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० ०९:००