पारसले गरे बाग्मती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा

काठमाडौं— राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को बाग्मती प्रादेशिक संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खड्काले बाग्मती प्रदेशका ४ जिल्लाको समर्थनसहित अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको घोषणा गरे । उनले भने,‘क्रिकेटको प्रादेशिक संरचनालाई बलियो बनाउने मेराे लक्ष्य हो ।’
खड्कालाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरूले समर्थन गर्ने घोषणा गरेका छन् । बाग्मती प्रादेशिक क्रिकेट संघको चुनाव आगामी भदौ १५ गतेका लागि तोकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १९:२१