News Griha :: न्यूजगृह
महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११:४५ मा  

काठमाडौं—  नेपालले चारदेश सम्मिलित महिला टी२० आई सिरिजको फाइनल खेलमा शनिबार हङकङसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार मध्यान्ह ११ः४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङबीच फाइनल खेलेका हुनेछ । नेपाल, मलेसिया र हङकङको समान ४ अंक थियो । तर नेटरनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले हराएपनि मलेसिया फाइनलमा पुग्न सकेन ।

नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो । नेपालसँग पराजित भएपनि हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

नेपालले सोमबार थाइल्यान्डसँग अन्तिम अभ्यास खेल खेल्नेछ । नेपालले आईसीसी महिला टी२० विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगस्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा हुँदैछ ।

समूह 'ए'मा नेपालसँगै युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् भने समूह 'बी'मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी२० विश्वकप खेल्न पाउनेछ ।

रुविना क्षेत्रीको कप्तानीमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार,अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल टिममा छन् ।  

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०८:०३
Weather Update