News Griha :: न्यूजगृह
आईएसएफ यू—१५ जिम्न्यासाइडमा कार्कीले जिते स्वर्ण

काठमाडौं— नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् । मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा कार्कीले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् ।

कार्कीले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्द्वी ब्राजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गरेका थिए । यसअघि कार्कीले सेमिफाइनलमा मेक्सिकोलाई हराएका थिए । मेक्सिकोले ६.८ अंक जोड्दा ७.४अंक प्राप्त गरेका थिए ।

जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स बास्केटबलमा नेपालले नवौं स्थान हात पारेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०८:४५
Weather Update