
काठमाडौं— इङ्ग्ल्याण्डका मिडफिल्डर जुडबेलिङह्यामको निर्णायक गोलको मद्दतले रियल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ ।
शुक्रबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई१–० गोलले हराएको हो । खेलको ८१ औँ मिनेटमा बेलिङह्यामलेजोसेलुको पासमा गरेको गोल खेलमा निर्णायक बनेको थियो । पछिल्ला तीन खेलमा उनको यो चौथो गोल पनि हो ।
सेल्टाले खेलको सुरुवातमा नै अग्रता बनाउने अवसर पाएको थियो । तर, जोर्गनस्ट्रान्डलार्सनको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेका थिए । दोस्रो हाफमा रियलले पेनाल्टीबाट अग्रता लिने अवसर पाएको थियो । तर, रोड्रिगोको प्रहार सेल्टाका गोलकिपर इभान भिलारले रोकेका थिए ।
खेलमा रियलले फरवार्ड भिनिसियस जुनियरलाई घाइते हुँदै खेलको सुरुवातमा नै गुमाएको थियो । सङ्घर्षपूर्ण जितसँगै रियलले ३ खेलबाट ९ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा कायम रहेको छ ।