News Griha :: न्यूजगृह
अन्तिम ९ मिनेटमा ३ गोल गर्दै नासरले अहलीलाई गर्‍यो पराजित

काठमाडौं— साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४–२ ले पराजित गरेको छ ।

हारको संघारमा पुगेको स्थितिबाट खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै नासरले अहलीलाई पराजित गरेको हो ।

च्याम्पियन्स लिगमा छनोट हुन खेलिएको प्लेअफमा अल नासर ८७औं मिनेटसम्म पनि २—१ गाेलले पछाडि थियो । तर अन्तिम ९ मिनेटमा नासरले ३ गोल थप्दै यस सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

नासरको जितमा एन्डरसन टालिस्काले २ गोल गरे भने सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले एक–एक गोल थपे ।

पराजित शबाब अल–अहलीका लागि याह्या अल–घासानीले २ गोल गरे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०६:३७
Weather Update