
काठमाडौं— चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत एसिया क्षेत्र छनोटअघिको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ ।
बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । नेपालको ब्याटिङको बीचमा वर्षा भएपछि खेल १८ ओभरमा घटाइएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र एक छक्का प्रहार प्रहार गरिन् । यस्तै, इन्दु बर्माले २० रन बनाइन् ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो । तर, मलेसियासँग नेपाल पराजित भएको हो । नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
चारदेशीय सिरिजपछि नेपालले मलेसियामै आईसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोट खेल्ने छ ।