इन्टर मायमी यूएस ओपन कपको फाइनलमा

काठमाडौं— इन्टर मायमी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । सिन्सिनाटिको मैदानमा भएको खेल टाइब्रेकरमा ५–४ ले जित्दै मेस्सीको कप्तानीमा रहेको मायमी उपाधि नजिक पुगेको हो ।
निर्धारित समयमा २/२ र अतिरिक्त समयमा थप १/१ गोलको बराबरीमा खेल सकिएको थियो । टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४/४ प्रहारमा गोल भएको थियो ।
सिन्सिनाटिका हागलन्डले गरेको पाँचौ प्रहार मायमीका गोलरक्षक क्यालेन्डरले बचाए । त्यसपछि मायमीका लागि क्रेमास्कीले पेनाल्टीमा गोल गर्दै जित दिलाए ।
उपाधिका लागि ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ । फाइनल सेप्टेम्बर २७ मा खेलिनेछ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ०९:५८