News Griha :: न्यूजगृह
एसिया कप : वर्षाले रोकिएको नेपाल–भारत खेल सुरु
एसिया कप : वर्षाले रोकिएको नेपाल–भारत खेल सुरु एसिया कप–२०२३ को पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ ।
एसिया कपमा भारत–नेपालको खेल वर्षाले रोकियो
एसिया कपमा भारत–नेपालको खेल वर्षाले रोकियो एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । 
नेपालले गुमायो ६ विकेट, गुल्शन झा आउट
नेपालले गुमायो ६ विकेट, गुल्शन झा आउट एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ ।
आसिफ ५८ रनमा आउट
आसिफ ५८ रनमा आउट नेपालका ओपनर आसिफ शेख ५८ रनमा आउट भएका छन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।
श्रेयस, विराट र इशानले सहज क्याच छोडे
श्रेयस, विराट र इशानले सहज क्याच छोडे इशान र श्रेयसबाट कुशल भुर्तेल र विराटबाट आसिफ शेख आउट हुनबाट जोगिए ।
भारतविरुद्ध आसिफ शेखको अर्धशतक
भारतविरुद्ध आसिफ शेखको अर्धशतक नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो । एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् ।  उनी पछि कप्तान रोहितकुमार...
भारतका कुन-कुन खेलाडीले लिए नेपालको विकेट ?
भारतका कुन-कुन खेलाडीले लिए नेपालको विकेट ? एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । २३ ओभरपछि नेपाली टाेलीले ४ विकेट गुमाएर १०२ रन बनाएको छ । रविन्द्र जडेजाले ३ विकेट लिए भने भीम सार्की, कुशल मल्ल र...
२१.३ ओभरमा नेपालले बनायो सय रन, ४ विकेट गुम्यो 
२१.३ ओभरमा नेपालले बनायो सय रन, ४ विकेट गुम्यो  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतसँग खेलिरहेको नेपालले सय रन बनाएको छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले २१.३ ओभरमा सय रन बनाएको हो ।
कप्तान रोहित पौडेल आउट 
कप्तान रोहित पौडेल आउट  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत श्रीलंकामा जारी खेलमा नेपालमा कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका छन् ।
नेपालले दोस्रो विकेट गुमायो
नेपालले दोस्रो विकेट गुमायो एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् । नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन् ।
कुशल भुर्तेल आउट 
कुशल भुर्तेल आउट  एसिया कप छनोट अन्तर्गत भारतसँग जारी खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । पहिले ब्याटिङको निम्तो पाएको नेपालका ओपनर कुशल भुर्तेल २५ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा ३८ रन बनाएर पेभिलियन फर्किएका हुन् । नेपालका भुर्तेलले अर्का ओपनर आशिफ शेखसँग मिलेर ६५ रनको साझेदारी गरेका हुन्...
एसिया कप : भारतविरूद्ध नेपालको राम्रो सुरुआत 
एसिया कप : भारतविरूद्ध नेपालको राम्रो सुरुआत  नेपालले भारतविरुद्ध राम्रो सुरुआत गरेको छ। श्रीलङ्काको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८.५ ओ‌भरमा विकेट नगुमाइ ५३ रन जोडेको छ। नेपालका लागि कुशल भुर्तेलले २२ रन र आसिफ शेखले १६ रन जोडेका छन्। भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए।...
Weather Update