एसिया कप
दीपेन्द्र २९ रन बनाएर आउट

काठमाडौं— एसिया कप–२०२३ को पाँचौं खेल नेपाल र भारतबीच श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा खेल जारी छ । नेपालले ४२ ओभरमा ७ विकेट गुमाएर १९४ रन बनाएको छ । सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छन् ।
दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर आउट भए । उनलाई हार्दिक पान्ड्याले एलबीडब्ल्यू गरेका थिए । यसअघि मोहम्मद सिराजले गुल्सन झा (२३ रन) र आसिफ शेख (५८ रन) को विकेट लिएका थिए ।
रवीन्द्र जडेजाले भीम सार्की, कुशल माला र कप्तान रोहित पौडेललाई प्याभिलियन पठाए । शार्दुल ठाकुरले कुशल भुर्तेललाई क्याच आउट गराए ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १९:२२