News Griha :: न्यूजगृह
एसिया कप : भारतविरूद्ध नेपालको राम्रो सुरुआत 

काठमाडौं— एसिया कप अन्तर्गत नेपालले भारतविरुद्ध राम्रो सुरुआत गरेको छ।

श्रीलङ्काको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८.५ओ‌भरमा विकेट नगुमाइ ५३ रन जोडेको छ। नेपालका लागि कुशल भुर्तेलले २२ रन र आसिफ शेखले १६ रन जोडेका छन्।

भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए। यद्यपी भुर्तेलको पहिलो ओभरमा श्रेयसअय्यरले र चौथो ओभरमा ईशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।   

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:५६
Weather Update