एसिया कप
भारतका कुन-कुन खेलाडीले लिए नेपालको विकेट ?

काठमाडौं— एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
२३ ओभरपछि नेपाली टाेलीले ४ विकेट गुमाएर १०२ रन बनाएको छ । रविन्द्र जडेजाले ३ विकेट लिए भने भीम सार्की, कुशल मल्ल र कप्तान रोहित पौडेलले प्याभिलियन पठाए । शार्दुल ठाकुरले कुशल भुर्तेललाई क्याच आउट गराए ।
टस हारेर पहिले ब्याटिङमा आएको नेपालले पहिलो ५ ओभरमा ३ विकेट लिएको थियो । टोलीका ओपनर कुशल भुर्तेल र आसिफ शेखले यी अवसरको सदुपयोग गर्दै ९औं ओभरमा ५० रनको साझेदारी गरेका थिए ।
भुर्तेल १० औं ओभरमा ३८ रन बनाएर आउट भएपछि ओपनिङ पार्टनरसीप टुटेको थियो । दुवैले ५९ बलमा ६५ रन जोडे । १० ओभरपछि नेपालको स्कोर एक विकेटको क्षतिमा ६५ रन थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १६:५७