एसिया कपमा भारत–नेपालको खेल वर्षाले रोकियो

काठमाडौं— एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ । दिपेन्द्र सिंह ऐरे र सोमपाल कामी अपराजित छन् ।
गुलशन झा २३ रन बनाएर आउट भए । उनलाई मोहम्मद सिराजले विकेटकिपर इशान किशनको हातमा क्याच आउट गरेका थिए । सिराजको यो दोस्रो विकेट हो । उनले आसिफ शेख (५८ रन) विराट कोहलीको हातमा क्याच आउट गरे ।
यसअघि रवीन्द्र जडेजाले भीम सार्की, कुशल मल्ल र कप्तान रोहित पौडेललाई प्याभिलियन पठाए । शार्दुल ठाकुरले कुशल भुर्तेललाई क्याच आउट गराए ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १८:०२