News Griha :: न्यूजगृह
कुशल भुर्तेल आउट 

काठमाडौं— एसिया कप छनोट अन्तर्गत भारतसँग जारी खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । पहिले ब्याटिङको निम्तो पाएको नेपालका ओपनर कुशल भुर्तेल २५ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा ३८ रन बनाएर पेभिलियन फर्किएका हुन् । 

नेपालका भुर्तेलले अर्का ओपनर आशिफ शेखसँग मिलेर ६५ रनको साझेदारी गरेका हुन् । शार्दूल ठाकुरको बलमा ईशान किसानले भुर्तेललाई क्याच आउट गरेका हुन् ।

ताजा अवस्थामा नेपालका भीम सार्की र शेख क्रिजमा छन् । शेखले २३ रन बनाएर खेलिरहेका छन् । ११ ओभर सकिदाँ नेपालले १ विकेट गुमाएर ६५ रन बनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:०५
Weather Update