News Griha :: न्यूजगृह
आसिफ ५८ रनमा आउट

काठमाडौं— नेपालका ओपनर आसिफ शेख ५८ रनमा आउट भएका छन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालले ३० ओभरमा ५ विकेट गुमाएर १३५ रन जोडेको छ । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

भारतका रवीन्द्र जडेजाले ३ तथा मोहम्मद सिराज र सार्दुल ठाकुरले एक/एक विकेट लिए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:२७
Weather Update