News Griha :: न्यूजगृह
श्रेयस, विराट र इशानले सहज क्याच छोडे

काठमाडौं— एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भारतले ५ ओभरमा ३ सहज क्याच छोड्यो ।

पहिलो ओभरको अन्तिम बलमा श्रेयस अय्यरले पहिलो स्लिपमा गोल गर्ने मौका गुमाएका थिए । दोस्रो ओभरको पहिलो बलमा विराट कोहलीले सर्ट कभरमा क्याच छोडे ।

त्यसपछि पाँचौं ओभरको दोस्रो बलमा विकेटकिपर इशान किशनले क्याच छोडे । इशान र श्रेयसबाट कुशल भुर्तेल र विराटबाट आसिफ शेख आउट हुनबाट जोगिए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:१७
Weather Update