News Griha :: न्यूजगृह
गृहमन्त्री श्रेष्ठले भने— दोषी भए महराजीलाई पनि कारबाही हुन्छ
गृहमन्त्री श्रेष्ठले भने— दोषी भए महराजीलाई पनि कारबाही हुन्छ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्ने बताएका छन् ।
निउरो टिपेर फर्किंदा खोलाले बगाएपछि बाबुछोरा बेपत्ता
निउरो टिपेर फर्किंदा खोलाले बगाएपछि बाबुछोरा बेपत्ता गाउँ नजिकैको जंगलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।
बंगलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती असुल्ने सात जना पक्राउ
बंगलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती असुल्ने सात जना पक्राउ उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धानका लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको वरिष्ठ प्रहरी उपरिक्षक डा. मनोज केसीले जानकारी दिए ।
४५ लाख रुपैयाँ भ्रष्टाचारको आरोपमा वडाध्यक्षविरुद्ध छानबिन सुरु
४५ लाख रुपैयाँ भ्रष्टाचारको आरोपमा वडाध्यक्षविरुद्ध छानबिन सुरु उनीविरुद्ध स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले भ्रष्टाचार गरेको किटानीसहित शनिबार निवेदन दिए हुन् । उजुरीका आधारमा आइतबार दिउँसो अख्तियारको टोलीले धनुषाको मिथिला बिहारी नगरपालिका कार्यालयमा छापा मारेको छ ।
‘अपरेसन फोक्सट्रोट’ मा सीआईबीको गम्भीर लापरबाही, नक्कली भनेर सक्कली डाक्टर पक्राउ
‘अपरेसन फोक्सट्रोट’ मा सीआईबीको गम्भीर लापरबाही, नक्कली भनेर सक्कली डाक्टर पक्राउ एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरूलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले सक्कली डाक्टरलाई तीन दिनदेखि हिरासतमा राखेको छ । यो प्रकरणमा सीआईबीले नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा भने जिल्ला अदालत काठमाडौंको आदेशले रिहा...
काठमाडौंसहित देशभर नदी तटीय क्षेत्रमा सतर्कता हुन आग्रह
काठमाडौंसहित देशभर नदी तटीय क्षेत्रमा सतर्कता हुन आग्रह महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरूको जलसतह सतर्कता आसपास पुग्न सक्ने तथा केहीमा खतराको तह आसपास वा माथि पुग्नसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
वर्षाले हवाई उडान प्रभावित, यी रुटमा उडानहरू रद्ध
वर्षाले हवाई उडान प्रभावित, यी रुटमा उडानहरू रद्ध महाप्रबन्धकका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिएका हुन् । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ । चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । 
सिँचाइ विभागमा तालाबन्दी गर्न पुगेका ४५ जना निर्माण व्यवसायी पक्राउ
सिँचाइ विभागमा तालाबन्दी गर्न पुगेका ४५ जना निर्माण व्यवसायी पक्राउ समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नु पर्नेलगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरू आइतबार कार्यालय समयमा ललितपुरस्थित सिँचाइ विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए । 
पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा
पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा जिल्लाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर उच्च जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको जानकारी दिए ।पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ । त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट...
वर्षासँगै सडकदेखि हवाई यातायातसम्म समस्या
वर्षासँगै सडकदेखि हवाई यातायातसम्म समस्या वर्षासँगै आएको बाढीका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ । महाशाखाले वर्षाका कारण स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समस्या हुनुका साथै जोखिम हुने आशंका गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मकवानपुरमा भारी वर्षा, खोला किनारमा सतर्क हुन आग्रह
मकवानपुरमा भारी वर्षा, खोला किनारमा सतर्क हुन आग्रह जिल्लाको मकवानपुर गढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको सूचना केन्द्रले जनाएको छ । यी क्षेत्र भारी वर्षा भएकाले कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउने जनाएको छ ।
Weather Update