News Griha :: न्यूजगृह
वर्षासँगै सडकदेखि हवाई यातायातसम्म समस्या
सांकेतिक तस्बिर

काठमाडौं— आइतबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति पनि देशभर वर्षा हुनेछ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारी वर्षा हुने भएको छ । साथै सुदूरपश्चिम प्रदेशको केही स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको छ । 

वर्षासँगै आएको बाढीका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले वर्षाका कारण स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समस्या हुनुका साथै जोखिम हुने आशंका गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आइतबार राति देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन—चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १०:४१
Weather Update