मकवानपुरमा भारी वर्षा, खोला किनारमा सतर्क हुन आग्रह

काठमाडौं— आज देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । नेपाल बाढी सूचना केन्द्रका अनुसार पछिल्लो तीन घण्टामा भारी वर्षा भएकाले मकवानपुर जिल्लामा सतर्क हुन आग्रह गरेको छ ।
जिल्लाको मकवानपुरगढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको सूचना केन्द्रले जनाएको छ । यी क्षेत्र भारी वर्षा भएकाले कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउने जनाएको छ ।
सूचना केन्द्रले बाढी आउन सक्ने भएकाले भएकाले मकवानपुर जिल्लामा रहेका खोलाको तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहने स्थानीयबासीलाई सकर्त हुन आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १०:१५