प्रहरी चौकी बनाउन स्थानीयले गरे जग्गा दानआइतबार, साउन २८, २०८०

मकैबारीमा बँदेल र बाँदर आतंकले दैलेखी किसान पीडित आइतबार, साउन २८, २०८० दैलेखको भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जाग्राम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनी मात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् ।

हाम्रो पार्टीलाई सिध्याउन गौर घटना पुनः कोट्याइयो : उपेन्द्र यादव आइतबार, साउन २८, २०८० जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् ।

हेर्नुस् आइतबार तपाईंको राशिफल आइतबार, साउन २८, २०८० साउन २८ गते आइतबार । अधिक साउन कृष्ण द्वादशी । पञ्चाङ्ग वज्र तैतल आर्द्रा । प्रदोष व्रत । राशिफल ।

शरीरमा लागूऔषध बेरेर ल्याएका ३ भारतीय पक्राउ शनिबार, साउन २७, २०८० ‘शंकास्पद रुपले हिँडेको पाएपछि प्रहरीले खनतलासी लिएको थियो,’ प्रवक्ता दिपक गिरीले भने, ‘उनीहरुले शरीरमा सेतो टेपले लागूऔषध एम्पुल, नुरफिन र डाइजापाम बेरेका थिए ।’ प्रहरीका अनुसार अजितको साथबाट ४ सय ७९ एम्पुल, हेमताजको साथबाट ४ सय ८० एम्पुल र इमतिहानको साथबाट ४ सय ७९ एम्पुल लागू औषध बरामद भएको हो...

दुई कैदीबन्दीको मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी शनिबार, साउन २७, २०८० जिल्ला कारागारका निमत्ति प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका हुन् ।

तरकारी आमै : जसले आफ्नै पौरखमा चारतले पक्की घर बनाइन् शनिबार, साउन २७, २०८० प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पुर्याउने कार्कीले दैनिक एक डोका तरकारी बिक्री गरेर दुई हजारदेखि तीन हजार रुपैयाँसम्म कमाउने गरेको बताउँछिन् । उनका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर दुई लाख बढी कमाइ भएको उनले बताइन् ।

एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक थुनामुक्त शनिबार, साउन २७, २०८० राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बुझाएको थियो ।

सडक विस्तार हुँदा पहिरोको जोखिममा घरहरू शनिबार, साउन २७, २०८० मुग्लिनदेखि पोखरासम्म जोड्ने यो सडकमा सवारी चाप बढेसँगै सडक विस्तारको काम सुरु गरिएको हो । सडक विस्तार भएसँगै म्याग्देको सडक किनारामा भएका घरहरू पहिरोको जोखिममा परेका छन् ।

स्रोत नखुलेको नौ लाख रुपैयाँसहित एक जना पक्राउ शनिबार, साउन २७, २०८० बा १२ प १६३७ नम्बरको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको छ लाख गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० बरामद गरेको हो ।
सेना–प्रहरीको सहभागीमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो शनिबार, साउन २७, २०८० प्रभातफेरी शनिबार काठमाडौंको भृकुटीमण्डपबाट शुरु भई न्युप्लाजा, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह पुगेर सकिएको हो । कार्यक्रममा नेपाली सेनाको ब्याण्ड बाजासहितको टोली सहभागी भएको थियो ।

बलेवामा ऐतिहासिक ‘हरेलो मेला’ : कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास शनिबार, साउन २७, २०८० यो पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । दसैँको नवदुर्गा एवं विशेषगरी महानवमी र हरेलोमा कालभैरव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।

पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु शनिबार, साउन २७, २०८० जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।