
बारा— जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् ।
बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै यादवले संघीयताका लागि पहलकदमी गर्ने पार्टी खासगरी तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट संघीयता नै समाप्त पार्ने खेल भइरहेको टिप्पणी गरे ।
उनले राज्यबाट आन्दोलनको क्रममा भएका सबैखाले घटना, राजनीतिक मुद्दा फिर्ता लिइसकेको विषयलाई उजागार गरी आफू र जनता समाजवादी पार्टीलाई लक्षित गरी गौर घटना पुनः कोट्याएको आरोप लगाए ।
तराई मधेसमा ५३ प्रतिशत मधेसी समुदायको सङ्ख्या रहे पनि वर्तमान सरकारले १३ प्रतिशतमात्र बजेट दिएर मधेसप्रति अन्याय गरेको भन्दै अध्यक्ष यादवले अधिकारका लागि सबै मधेसी जनता एकजुट हुनुपर्नेमा जोड दिए ।