News Griha :: न्यूजगृह
स्रोत नखुलेको नौ लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा— जिल्लाबाट स्रोत नखुलेको करिब नौ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले भारतबाट नेपाल आउँदै गर्दा साहलाई पक्राउ गरेको हो । 

बा १२ प १६३७ नम्बरको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको छ लाख गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० बरामद गरेको हो । 

प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:२१
Weather Update