News Griha :: न्यूजगृह
शरीरमा लागूऔषध बेरेर ल्याएका ३ भारतीय पक्राउ

वीरगन्ज— शरीरमा टेपले बेरेर लागूऔषध वीरगन्ज भित्र्याउने क्रममा पर्सा प्रहरीले ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार रामगढवाका ४० वर्षीय हेमताज आलम, २० वर्षीय अजितकुमार मलाहइमतिहान आलम रहेका छन् ।

‘शंकास्पद रुपले हिँडेको पाएपछि प्रहरीले खनतलासी लिएको थियो,’ प्रवक्ता दिपक गिरीले भने, ‘उनीहरुले शरीरमा सेतो टेपले लागूऔषध एम्पुल,नुरफिन र डाइजापाम बेरेका थिए ।’ प्रहरीका अनुसार अजितको साथबाट ४ सय ७९ एम्पुल,हेमताजको साथबाट ४ सय ८० एम्पुलइमतिहानको साथबाट ४ सय ७९ एम्पुल लागू औषध बरामद भएको हो ।

 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २१:२८
Weather Update