दुई कैदीबन्दीको मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी

काठमाडौं— सङ्खुवासभाम दुई कैदीबन्दीको मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ ।
जिल्ला कारागारका निमत्ति प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका हुन् ।
जिल्ला कारागारमा दुई जना कैदीको कुटपिटपछि मृत्यु भएको थियो । घटनामा संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको हो ।
मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १५:२५