पहिरो
पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु

भोजपुर— पहिरोमा पुरिएर भोजपुरमा एक जनाको मृत्यु भएको छ ।
जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।
सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले तामाङलाई शुक्रबार मृत फेला पारेका हुन् । मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० ०८:४१