News Griha :: न्यूजगृह
विमानस्थलबाट बरामद सुनको तौल ६० किलो ७८९ ग्राम मात्रै
विमानस्थलबाट बरामद सुनको तौल ६० किलो ७८९ ग्राम मात्रै महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो । सुनलाई गालेर जोख्न बाँकी रहेको उनको भनाइ थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा बैंकका कर्मचारी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा बैंकका कर्मचारी पक्राउ नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अझै केही दिन वर्षा जारी, यी स्थानमा भारी वर्षा हुने
अझै केही दिन वर्षा जारी, यी स्थानमा भारी वर्षा हुने महाशाखाका मौसमविद् रोजन लामिछानेले सोमबार र मंगलबार बदलीका साथै वर्षा हुने जानकारी दिए । ‘आज र भोलि बदली र वर्षा हुनेछ, तर पनि गत शनिबार र आइतबारको तुलनामा भने कम वर्षा हुने अनुमान गरिएको छ,’ उनले भने, ‘आगामी बुधबार वर्षा बढी हुनेछ ।’
बाबुछोरा बाढीमा बेपत्ता, छोराको शव भेटियो
बाबुछोरा बाढीमा बेपत्ता, छोराको शव भेटियो बाबुछोरा बेपत्ता हुँदा १२ वर्षीय छोरा पासाङको शव फेला परेको हो । ३५ वर्षीय निमदोर्जे अझै फेला पार्न नसकिएको  जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले जानकारी दिए ।
बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा चाइल्ड केयरका सञ्चालक पक्राउ
बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा चाइल्ड केयरका सञ्चालक पक्राउ प्रहरीका अनुसार उक्त चाइल्ड केयर सेन्टरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई बुढाले यौन दुर्व्यवहार गरेका थिए । बालिकाले आफूले भनेअनुसार नगर्दा कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट सात दिनको समय लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
असई चौधरी पक्राउ, कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी
असई चौधरी पक्राउ, कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी उनलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा प्रमुख चौधरीलाई आइतबार पाँच दिन म्याद थप गरी अनुसन्धान सुरू भएको हो । 
एमाले सांसद रायमाझी निलम्बितबारे सदनलाई जानकारी दिइने
एमाले सांसद रायमाझी निलम्बितबारे सदनलाई जानकारी दिइने सोमबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद रायमाझी निलम्बित भएको जानकारी गराउने भएका हुन् । उनले प्रतिनिधि सभा नियमावलीअनुसार रायमाझी निलम्बित भएको जानकारी गराउने भएका हुन् ।
कागबेनी बाढी पीडितको गुनासो : ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ
कागबेनी बाढी पीडितको गुनासो : ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पुर्‍याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् । बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ । पुलको...
सीआईबीको गम्भीर लापरबाहीले पक्राउ परेका डा. रञ्जितकुमार यादव रिहा
सीआईबीको गम्भीर लापरबाहीले पक्राउ परेका डा. रञ्जितकुमार यादव रिहा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महोत्तरी घर भएका डा रञ्जितकुमार यादवलाई काठमाडौंबाट पक्राउ गरेको थियो । यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको सीआईबीका एसपी नवराज अधिकारीले बताए । सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो ।
ठूला–ठूला ढुंगासहित खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध
ठूला–ठूला ढुंगासहित खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध केही दिनदेखि लगातार परेको वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
यस्तो छ साउन अन्तिम सोमबार तपाईंको राशिफल
यस्तो छ साउन अन्तिम सोमबार तपाईंको राशिफल साउन २९ गते सोमबार । अधिक साउन कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग सिद्धि वणिज पुनर्वसु । राशिफल हेर्नुस् । 
वन उपभोक्ता समूहका अध्यक्षसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वन उपभोक्ता समूहका अध्यक्षसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Weather Update