एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक थुनामुक्त

काठमाडौं— राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।
राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बुझाएको थियो ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको एक क्विन्टल सुनसहितको ‘ब्रेक शु’ बरामद गरेको थियो ।
सोही घटनामा जोडिएको भन्दै विभागले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १४:०४