सेना–प्रहरीको सहभागीमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो
काठमाडौं— ३४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।
प्रभातफेरी शनिबार काठमाडौंको भृकुटीमण्डपबाट शुरु भई न्युप्लाजा, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह पुगेर सकिएको हो । कार्यक्रममा नेपाली सेनाको ब्याण्ड बाजासहितको टोली सहभागी भएको थियो ।
त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल पनि प्रभातफेरी कार्यक्रममा सहभागी बनेको थियो । प्रभातफेरी कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको हो ।
राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको प्रभातेफेरीपछि परिषद्ले राष्ट्रिय सभा गृहमा अन्तर्राष्ट्रिय युवा दिवससम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० ०९:५७