सङ्खुवासभा मृत्यु प्रकरण : कारागार प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरीलाई म्याद थप

काठमाडौं— सङ्खुवासभामा जेलभित्रै दुई जना कैदीको मृत्यु प्रकरणमा कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साेही घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ परेका छन् ।
यही साउन २४ गते बिहान जिल्ला कारागार सङ्खुवासभामा विनोद तोलाङी र आकाश बलामीको मृत्यु भएको थियो ।
मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत सङ्खुवासभाले घिमिरे र चौधरीका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सरोज खनालले न्यूजगृहलाई दिएको जानकारी अनुसार चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ भने घिमिरेलाई पक्राउ गर्न प्रक्रिया अगाडि बढाइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० २०:३७