मोरङको सुन्दरहरैँचामा भारतीय युवकको शव फेला

मोरङ— सुन्दरहरैँचा–१२ मा एक भारतीय युवकको शव शंकास्पद अवस्थामा भेटिएको छ ।
भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको हाे ।
उनकाे भनाइमा घटनास्थलबाट उठाएर शवलाई परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १९:२७