News Griha :: न्यूजगृह
सिँचाइ विभागमा तालाबन्दी गर्न पुगेका ४५ जना निर्माण व्यवसायी पक्राउ

काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहित ४५ जना निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नु पर्नेलगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरू आइतबार कार्यालय समयमा ललितपुरस्थित सिँचाइ विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए । 

नाराबाजीसहित विभागको कार्यालयमा ताला लगाएका उनीहरूलाई प्रहरीले पक्राउ गरेर ताला खोलाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

'हामीले नौ बुँदे माग राखेर कार्यालयमा ताला लगाएका थियौँ, प्रहरीले बल प्रयोग गरेर ताला खोलेसँगै हाम्रो महासचिवसहित ४५ जनाभन्दा बढी व्यवसायी साथीहरूलाई पक्राउ गरेको छ,’ सिंहले भने ।

पक्राउ परेका निर्माण व्यवसायीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:१८
Weather Update