पदाधिकारी बैठक
गृहमन्त्री श्रेष्ठले भने— दोषी भए महराजीलाई पनि कारबाही हुन्छ

काठमाडौं— नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्ने बताएका छन् ।
आइतबार बालुवाटारमा बसेको माओवादी पदाधिकारी एवम् सरकारका मन्त्रीहरूको बैठकमा गृहमन्त्री श्रेष्ठले महरा दोषी देखिए कारबाही गरेरै छाड्ने,आफ्नो अर्को नभन्ने बताए ।
बैठकमा उनले भने,‘हाम्रै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराजीको बारेमा पनि सीआईबीको रिपोर्ट मिडियामा आएका छन् । दोषी भए कसैलाई पनि छोड्दिनँ ।’
माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा मुछिएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १८:२७