निउरो टिपेर फर्किंदा खोलाले बगाएपछि बाबुछोरा बेपत्ता

दोलखा— जिल्लामा खोलाले बगाउँदा बाबुछोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।
गाउँ नजिकैको जंगलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिए ।
स्थानीयले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १६:१४