देशैभरका इकाईमा विद्यालय कर्मचारीको धर्ना [तस्बिरहरू] आइतबार, जेठ २१, २०८०

०६३ सालको गौर हत्याकाण्डको जाहेरी दर्ताको माग गर्दै सर्वोच्चमा रिट, पेसी भोलि आइतबार, जेठ २१, २०८० त्रिभुवन साह सहितका निवेदकले दिएको रिट दर्ता भएको प्रवक्ता विमल पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार रिटको सुनुवाइका लागि २२ जेठमा गते पेसी तोकिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गरी मुद्दाको अनुसन्धान अगाडि बढाउनु पर्ने माग गर्दै रिट दर्ता भएको हो ।

निर्माण व्यवसायी महासंघ आन्दोलित, दियो ४ असार सम्मको अल्टिमेटम आइतबार, जेठ २१, २०८० महासङ्घका अध्यक्ष रवि सिंहले आइतबार पत्रकार सम्मेलन गरी म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीहरूको अत्यन्त महत्वपूर्ण मागहरू बारे आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन नभएको भन्दै आक्रोश पोखे ।

नागरिकता विधेयक : राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको आदेश आइतबार, जेठ २१, २०८० न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि झिकाउन कारण देखाउ आदेश जारी गर्दै राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई तत्काल कार्यन्वयन नगर्न आदेश दिएको हो ।

पुँजीगत लाभकरमा पुरानै प्रावधान कायम राख्न अर्थ मन्त्रालय सहमत आइतबार, जेठ २१, २०८० आन्दोलनरत शेयर लगानीकर्ता र अर्थ मन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्तामा लगानीकर्ताले बजेटको २९ नं. बुँदा हटाउन माग गरेका थिए ।

विपन्न, असहाय, वेवारिसे बिरामीको निशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयले गरायो स्मरण आइतबार, जेठ २१, २०८० आइतबार विज्ञप्ति जारी गरेर मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ स्वीकृत भै कार्यान्वयनमा आएका अस्पतालहरूलाई पुनः स्मरण गराएको उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : ३१ जेठमा मात्रै आदेश आउने आइतबार, जेठ २१, २०८० अभियुक्तविरुद्ध अदालतमा आइतबारबाट थुनछेक बहस सुरु भएको छ । बहस साता दिनसम्म चल्नेछ । त्यसपछि अदालतले अभियुक्त विरुद्ध आदेश सुनाउनेछ ।

‘नव सेना नेपाल’को घोषणा, कर्णालीलाई दलित प्रदेश बनाउन माग आइतबार, जेठ २१, २०८० ‘दलितका लागि दलित आन्दोलन, नेपाल’ले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसर पारेर कर्णालीलाई दलित प्रदेश बनाउन माग गरेको छ । साथै उसले ‘नव सेना नेपाल’ घोषणा पनि गरेको छ । आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच दलित युवाहरूको दस्ता नव सेना नेपाल घोषणा भएको हो ।

नागरिकता विधेयक भारत भ्रमणको समयमा प्रमाणीकरण हुनु संयोग मात्र : महासचिव गुरुङ आइतबार, जेठ २१, २०८० आइतबार काठमाडौंमा आयोजित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, नागरिकता विधेयक लगायतका विषयमा अन्तरसंवाद कार्यक्रममा महासचिव गुरुङले सदनले दुई/दुई पटक पारित गरेर पठाइसकेपछि प्रमाणीकरण गर्नुको विकल्प नभएको बताए । उनले भारत भ्रमणको समयमा नै प्रमाणीकरण गर्नुपर्ने भएकाले संयोग मात्र भएको स्पष्टीकरण दिए ।

नेपाली समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदैछ : गृहमन्त्री श्रेष्ठ आइतबार, जेठ २१, २०८० ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा उनले समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदै गएको बताए । श्रेष्ठले संविधान अनुसार समाजवाद उन्मुख संस्कृति र समृद्धिको लक्ष्य पूरा गर्न भ्रष्टाचारको संस्कृतिलाई हटाउने अभियान अघि बढाएको पनि प्रष्ट पारे ।

राष्ट्रिय योजना आयोगले पायो पूर्णता आइतबार, जेठ २१, २०८० योसँगै आयोगले लामो समयपछि पूर्णता पाएको छ । आइतबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यलयमा नवनियुक्त महिला सदस्यहरूले सपथ लिएका हुन् ।

सन्दीप भोलि दक्षिण अफ्रिका जाने आइतबार, जेठ २१, २०८० जिल्ला अदालत काठमाडौंले आगामी पेशी २९ असारमा सारेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट शर्माको इजलासमा आइतबार, जेठ २१, २०८० वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेका थिए।


![देशैभरका इकाईमा विद्यालय कर्मचारीको धर्ना [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/600X450/karmachari1685880679.jpg)






