News Griha :: न्यूजगृह
पुँजीगत लाभकरमा पुरानै प्रावधान कायम राख्न अर्थ मन्त्रालय सहमत

काठमाडौं — शेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमति भएको छ ।

आन्दोलनरत शेयर लगानीकर्ता र अर्थ मन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्तामा लगानीकर्ताले बजेटको २९ नं. बुँदा हटाउन माग गरेका थिए ।

शेयर लगानीकर्ताको तर्फबाट लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा अर्थ मन्त्रालयका अधिकारीसँग भएको अर्थमन्त्री प्रकाशशरण महतले २९ नम्बरको बुँदा संसदीय समितिमा लगेर संसदीय प्रक्रियाबाट निष्क्रिय पार्ने आश्वासन दिएका छन् । अब ५ प्रतिशत र साढे ७ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिनेछ । 

सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने छ । योसँगै लगानीकर्ताले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:२६
Weather Update